रौतहट डुबानमा : डुंगा लिएर उद्धारमा निस्किए सुरक्षाकर्मी    

शिव पुरी

रौतहट — रौतहटको सदरमुकाम गौर डुबानमा परे पछि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले डुंगाको मद्धतले उद्धार थालेको छ । बजार क्षेत्रका साना घरहरुमा फसेकालाई उद्धार सुरु गरिएको हो ।

गौर बजार डुबानमा परे पछि अहिले जनजीवन अस्तव्यस्त बनेको छ। डुबानले विद्युत आपूर्ति ठप्प छ।

जिल्ला प्रहरी प्रमुख एसपि भूपेन्द्र खत्रीले डुंगाको माध्यमबाट उद्धारकार्य सुरु गरिएको जनाए। ‘डुबानमा फसेकाहरुलाई उद्धार सुरु गरेका छौं,’ उनले भने, ‘जहाँ बढी डुबान र फसेकाहरु छन् उनिहरुलाई सुरक्षित स्थानमा लैजाने काम सुरु गरेका छौं।’

नेपाल प्रहरीको एउटा, सेनाको २ र सशस्त्रको ११ नम्बर गणको १ गरी ४ वटा रबर बोट लिएर सुरक्षाकर्मीको टोली उद्धारमा निस्किएको छ।

सबैभन्दा धेरै भन्सार क्षेत्र डुबानमा परेको छ। त्यस क्षेत्रका मानिसलाई उद्धार गर्न टोली खटेको छ। पहिलो तल्ला सम्म पानी पसे पछि स्थानीयले धमाधम समान ओसारेर माथिल्लो तल्लामा लगेका छन्। भूईंतला घर भएकारुको समानमा क्षति पुगेको छ। सरकारीका कार्यालयको कागजपत्रमा क्षति पुगेको छ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले सदरमुकामको अवस्था गम्भिर भएको बताए। ‘अहिले डुंगाको मद्धतले उद्धार सुरु गरिएको छ,’ उनले भने, ‘पानीको निकाशको लागी भारतीय पक्ष सित कुरा भईरहेको छ।’ भारतीय सिमाक्षेत्रमा लगाईएको बाँधको ढोका खोल्न पहल भईरहेको उनले बताए।

भारतीय सिमाक्षेत्रमा भारतले लगाएको बाँधका कारण पानीले निकाश पाएको छैन्। ढोका खोलिए पछि डुबान कम हुन्छ। लालबकैया र बागमतिको बाँध भत्किएर पानी गाउँ पसेको हो।

प्रकाशित : असार २८, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भप्सी खोलाको पुल बाढीले बगाएपछि आवागमन ठप्प रहेेको पूर्व-पश्चिम राजमार्ग वैकल्पिक मार्ग प्रयोग गरेर सुचारु

सन्तोष सिंह

धनुषा — महोत्तरीको बर्दिबासस्थित भप्सी खोलाको पुल बाढीले बगाएपछि ठप्प रहेको पूर्व-पश्चिम राजमार्ग वैकल्पिक मार्ग प्रयोग सञ्चालन गरिएकाे छ । पुल भत्केपिछ बाटोमा नै अलपत्र परेका सवारी गन्तव्य तर्फ लागेकाे छ ।

बाढीले राजमार्ग अवरुद्ध भएपछि रोकिएका सवारीसाधन चलाउन वैकल्पिक सडक खोलिएको हो।

वैकल्पिक सडक बर्दिबास-औरही-गौशाला-माइस्थान हुँदै सञ्चालन गरिएको महाेतरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए।

शुक्रबार राति १२ बजेदेखि रोकिएका सवारीसाधनहरु वैकल्पिक सडकबाट गन्तव्यतिर लागेका छन्। पुल बगाउँदा पुर्व-पश्चिम महेन्द्र राजमार्गमा रातिदेखि नै सवारीहरु जाममा परेका थिए।

प्रकाशित : असार २८, २०७६ १०:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT