कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थुनिएका इञ्जिनियरसहित ९ जनाको एयरलिफ्ट [अपडेट]

अजित तिवारी

जनकपुर — कमला खोलाको बाढीमा फसेका इन्जिनियरसहित ९ जना प्राविधिक टोलीलाई शनिबार साँझ एयरलिफ्ट गरेर उद्धार गरिएको छ ।शुक्रबारदेखि नै बाँधमा थुनिएका उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरले ६ बजेर १० मिनेटमा एयरलिफट गरेको हो । 

थुनिएका इञ्जिनियरसहित ९ जनाको एयरलिफ्ट [अपडेट]

खराब मौसमका कारण शनिबार दिनभर एयरलिफ्ट गर्ने प्रयास सम्भव हुन सकेको थिएन ।हुलाकी सडक आयोजनाका इन्जिनियर जामुन साहसहित ९ जनाको प्राविधिक टोली सिरहा–धनुषाको सीमामा पर्ने बसपिट्टामा बाढीले घेरिएका थिए ।


जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीका अनुसार कमला खोलाको पानीले चारैतिरबाट घेरिएका उनीहरुलाई हेलिकप्टरबाट उद्धार गरेर सेनाको पृतना कार्यालय लगिएको छ ।


हुलाकी राजमार्गमा निर्माण भइरहेको पुलको निरीक्षण गर्न इन्जिनियर साहसहित ९ जनाको प्राविधिक टोली शुक्रबार कमला खोलाको तटीय क्षेत्र पुगेका थिए । कमला खोलाको बाँधको टुप्पोमा बसिरहेका उनीहरुलाई चारैतिरबाट पानीले घेरेको थियो ।

प्रकाशित : असार २८, २०७६ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?