बाढीपहिरोबाट मृत्यु हुनेकाे संख्या ६७ पुग्याे, ३० जना बेपत्ता [अपडेट]

कान्तिपुर संवाददाता

काठमाडौँ — अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ६७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले साेमबार ११:४५ बजे सार्वजनिक गरेकाे तथ्यांकअनुसार बाढीपहिरोमा परी २६ महिला र ४१ पुरुषको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयकाअनुसार बाढी र पहिराेबाट ४३ जना घाइते भएका छन्। घाइते२० महिला र २३ पुरुषकाे विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।


यी घटनामा ३०जना अझै बेपत्ताछन्। बेपत्ता रहेका १२ महिला र १८ पुरुषकाे खाेजी जारी रहेकाे जनाइएकाे छ। अहिलेसम्म एक हजार ४४६ जनाकाे सकुशल उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित : असार ३०, २०७६ १२:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

डुबेर २ जनाको मृत्यु

कान्तिपुर संवाददाता

विराटनगर — सुनसरीको हरिनगरा गाउँपालिका २ मा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । भुटाहा सिसुवाधरमपुर खण्डमा रहेको नहरको भेलमा डुबेर स्थानीय १२ वर्षीय तोसिब मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी मोरङको रंगेली नगरपालिका ९ स्थित गेउरिया खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । अन्दाजी २८ वर्षीय पुरुषको डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार उनको पहिचान खुल्न सकेको छैन ।

प्रकाशित : असार ३०, २०७६ १२:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT