कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभाको बैठक स्थगन

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिको अनुगमन एवं समन्वय गर्न सांसदहरु आ–आफ्नो क्षेत्रमा जानुपर्ने भएकाले आजका लागि निर्धारित बैठक स्थगित गर्नुपरेको सूचनामा जनाइएको छ ।

प्राकृतिक विपत्तिमा परी मृत्यु हुने परिवारमा सान्त्वना दिन तथा प्रभावित क्षेत्रमा सहयोग गर्न सांसदहरु जिल्ला जानुपर्ने भएको हुँदा प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ८ गते १ बजे बस्ने गरी आजको बैठक स्थगन गरिएको सूचनामा उल्लेख छ ।

प्रकाशित : असार ३०, २०७६ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?