७ वटै प्रदेशमा नगर विकास कोष गठन
काठमाडौँ — सरकारले प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुखमध्येबाट कम्तीमा तीन जना महिलासहित ७ जनालाई नगर विकास कोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार प्रदेश १ बाट दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी, प्रदेश २ बाट वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावती, प्रदेश ३ बाट भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल रहेका छन् ।
त्यस्तै, गण्डकी प्रदेशबाट पोखरा उपमहानगरपालिका मेयर मानबहादुर जिसी, प्रदेश ५ बाट बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी, कर्णाली प्रदेशबाट वीरेन्द्रनगर नगरपालिका उपमेयर मोहनमाया भण्डारी र सुदूरपश्चिम प्रदेशबाट गौरीगंगा नगरपालिकाका मेयर भीम देउवालाई मनोनयन गरिएको छ ।
प्रकाशित : श्रावण २, २०७६ १८:४३प्रतिक्रिया