कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘स्वास्थ्य क्षेत्र प्राथमिकतामा नपर्नु दुर्भाग्य’

काठमाडौँ — उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य एवं शिक्षाक्षेत्र सरकारको प्राथमिकतामा नपर्नु मुलुकको दुर्भाग्य भएको बताएका छन् । आफ्नो मन्त्रालयलाई न्यून बजेट विनियोजन गरिए पनि एक वर्षमा स्वास्थ्य क्षेत्रमा ७९ प्रतिशत सफलता हासिल गरेको उनको दाबी छ । 

‘स्वास्थ्य क्षेत्र प्राथमिकतामा नपर्नु दुर्भाग्य’

मन्त्रालयमा शुक्रबार आयोजित आर्थिक वर्ष २०७५/७६ मा मन्त्रालयले सम्पादन गरेका कामहरूको प्रगति विवरण प्रस्तुत गर्ने क्रममा उनले भने, ‘कुल बजेटको ४.४८ प्रतिशत स्वास्थ्यको बजेट छ, यसमध्ये ४ प्रतिशत तलबभत्तामै जान्छ । बाँकी रकमबाट काम गर्नुपर्ने अवस्थामा ७९ प्रतिशत सफलता हुनु कम होइन ।’


आवश्यक जनशक्ति अभाव हुनु आफूहरूका लागि चुनौती रहेको उनले बताए । ‘विज्ञ डाक्टर, नर्स आदिको एकदमै अभाव छ, यसबाट राम्रो सेवा दिन सकिने अवस्था छैन,’ उनले भने । स्वास्थ्य क्षेत्रमा अनुगमन गर्न समेत कर्मचारी अभाव रहेको उनले गुनासो गरे ।


प्रकाशित : श्रावण ३, २०७६ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?