कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्रपा (संयुक्त) ले जनकपुरदेखि लुम्बिनीसम्म धार्मिक यात्रा गर्ने

काठमाडौँ — राष्ट्रिय प्रजातान्त्र पार्टी (संयुक्त) ले धार्मिक यात्रा आयोजना गर्ने भएको छ । आइतबार काठमाडौंमा बसेको उच्चस्तरीय कार्यसम्पादन समिति बैठकले सनातन धर्म सभ्यता पहिचान तथा संरक्षणको लागि जनकपुरदेखि लुम्बिनीसम्म धार्मिक यात्रा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको राप्रपा (संयुक्त)का प्रवक्ता किरण गिरीले जानकारी दिए ।

राप्रपा (संयुक्त) ले जनकपुरदेखि लुम्बिनीसम्म धार्मिक यात्रा गर्ने

उनका अनुसार धार्मिक यात्राको मिति तय भइसकेको छैन ।


बैठकले मिडिया विधेयक लगायत पत्रकारका समस्याबारेमा 'पार्टी पत्रकार अन्तक्रिया कार्यक्रम' आयोजना गर्ने निर्णय पनि गरेको छ ।


बैठकमा अध्यक्ष प्रकाशचन्द्र लोहनीले राजनीतिक प्रतिवेदन, आर्थिक समिति संयोजक श्याम तिमिल्सिनाले आर्थिक प्रतिवेदन र सचिवालय सदस्य बाबुराम बस्नेतले जिल्ला समायोजन र संगठनसम्बन्धी प्रतिवेदन पेस गरेको प्रवक्ता गिरीले जनाए । उनका अनुसार सबै प्रतिवेदनमाथि र समसामयिक विषयमा छलफल गर्न भोलि ६ बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय चाबहिल पुनः बैठक बस्ने छ ।


प्रकाशित : श्रावण ५, २०७६ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?