बालयौन दुराचारको आरोपमा पोखराबाट एक अस्ट्रेलियन पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पोखराबाट बालयौन दुराचारमा संग्लन भएको आरोपमा अस्ट्रेलियन नागरिक थोमस अल्फ्रेडलाई पक्राउ गरेको छ । तीन वर्षयता कामदार भिसामा पोखरा बस्दै आएका थोमस प्याराग्लाईडिङ चालकका रुपमा कार्यरत थिए ।

प्रतिकात्मक तस्बिर ।

ब्यूरोको विशेष टोलीले उनको कोठाबाट अन्दाजी १५ वर्षका दुई बालकको पनि उद्धार गरेको छ। थोमसले अन्य कैयन बालकमाथि पनि यौन दुराचार गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको अनुसार आर्थिक बर्ष २०७३/७४ देखि आर्थिक बर्ष २०७५/७६ सम्म नेपालमा १२ विदेशी र उनीहरुका २ सहयोगी नेपालका पक्राउ गरेको छ।

२२ असारमा मात्रै बाल यौन दुराचारको आरोपमा काभ्रेको मण्डन देउपुरबाट पक्राउ परेका क्यानेडियन नागरिक पिटर डग्लसलाई जिल्ला अदालत काभ्रेले ९ वर्ष कैद र १० लाख जरिवाना सुनाएको थियो।

संयुक्त राष्ट्रसंघ लगायतका कैयन अन्तराष्ट्रिय कल्याणकारी संस्थामा काम गरेका पिटरमाथी अदालतले सजाय सुनाएकै दुई सातापछि पोखराबाट अष्ट्रेलियन नागरिक पेडोफाईल मुद्धामा पक्राउ परेका हुन्।

प्रकाशित : श्रावण ७, २०७६ १५:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

छुट्टाछुट्टै घटनामा ३ को मृत्यु

देवनारायण साह

मोरङ — जिल्लामा मंगलबार भएको छुट्टाछुट्टै घट्नामा ३ जनाको मृत्यु भएको छ । विराटनगर–३ गोग्राहा चोकस्थित उत्तर–दक्षिण कोसी राजमार्गको जेब्राक्रसमा एम्बुलेन्सले ठक्कर दिँदा सप्तरीको राजविराज–६ की ५५ वर्षीया उर्मिलादेवी झाको मृत्यु भएको छ । 

प्रतिकात्मक तस्बिर ।

धनुषाको नेश्नल पोली क्लिनिक वीरेन्द्रबजारको ज १ च ११९५ नम्बरको एम्बुलेन्सले बिहान ७:३५ बजे ठक्कर दिँदा घाइते भएकी पैदल यात्रु झाको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनायो । बाटो काट्ने क्रममा झालाई उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको उक्त एम्बुलेन्सले ठक्कर दिएको थियो । एम्बुलेन्स र धनुषाको वीरेन्द्रनगर नगरपालिका १ का २२ वर्षीय दीपकुमार मुखियालाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिएको छ ।

यस्तै, बुढीगंगा गाउँपालिका ७ मा चट्याङ लागेर स्थानीय ३० वर्षीय रामेश्वर विश्वासको मृत्यु भएको छ । खेतमा काम गरिरहेको समयमा बिहान ११: ३० बजे चट्याङ लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

यस्तै,जहदा गाउँपालिका १ बुधनगरमा पोखरीमा डुबेर स्थानीय ६० वर्षीय किसन राजवंशीको मृत्यु भएको छ । पोखरीमा नुहाउन गएका राजवंशीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित : श्रावण ७, २०७६ १५:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT