कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रीद्वारा दुःख व्यक्त

माधव अर्याल

पाल्पा — पहिरोले पुर्‍याएको क्षतिप्रति गुल्मीको क्षेत्र नम्बर १ बाट निर्वाचित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुःख व्यक्त गरेका छन् । मंगलबार घटनास्थलमा आएर उनले पीडितका साथै राहत एवं उद्धारका विषयमा जानकारी लिएका छन् ।

मन्त्रीद्वारा दुःख व्यक्त

गुल्मी २ नम्बर क्षेत्रबाट निर्वाचित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । बेपत्ताहरूको खोजी, घाइतेको उपचार तथा पहिरोपीडितको राहत र उद्धारमा जुट्न उनले सरोकारवाला निकायलाई आग्रह गरेका हुन् ।


प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललगायतको टोली मंगलबार साँझ घटनास्थल पुगेको छ । रेडक्रस प्रदेश ५ का सचिव कृष्ण पंगेनीसहितको टोली पनि राहत सामग्री लिई घटनास्थल पुगेको थियो ।

देश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि गुल्मीको सत्यवतीमा पहिरोमा पुरिएको, बेपत्ता र घाइतेको उद्धारमा सबै निकाय मिलेर काम भइरहेको बताएका छन् । उनले राहत र उद्धारका लागि प्रदेश सरकार लागि परेको जनाउँदै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।



प्रकाशित : श्रावण ७, २०७६ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?