कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

[अपडेट] झडपमा घाइते नख्खु जेलका कैदीको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — नख्खु जेलमा झडप हुँदा घाइते एक कैदीको मृत्यु भएको छ । कैदी पवनकुमार महतोको प्रहारबाट सख्त घाइते भएका पूर्णबहादुर राजीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । नख्खु जेलका जेलर बेदप्रकाश अर्यालले अस्पताललाई उद्धृत गर्दै कैदीको मृत्यु भएको पुस्टि गरे ।

[अपडेट] झडपमा घाइते नख्खु जेलका कैदीको मृत्यु

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका पूर्णबहादुर राजी र पवनकुमार महतोबीच शुक्रबार कुटाकुट भएको थियो ।राजी मानसिक रोगी थिए ।

......

नख्खु जेल भित्र कैद भुक्तान गरिरहेका दुई कैदीबीच झगडा हुँदा एकजना सख्त घाइते भएका छन् । नख्खु जेलका जेलर बेदप्रकाश अर्यालका अनुसार नयाँ ब्लकमा घाम तापिरहेका पवन कुमार महतो र पूर्णबहादुर राजीबीच झगडा भएको थियो ।


कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका र मानसिक रोगी समेत रहेका पूर्णबहादुर राजीलाई कर्तव्य ज्यान मुद्दामै कैद भुक्तान गरिरहेका पवन कुमार महतोले टाउकोमा प्रहार गरेका थिए ।


जेलर अर्यालका अनुसार एक अर्काको जुम्रा हेरिरहेका उनीहरुबीच एक्कासी झगडा भएको थियो । विवादबीच पवनले भुइँमा ओछ्याएको ब्लक निकालेर पूर्णको टाउकोमा प्रहार गरेका थिए । घाइते पूर्णलाई तत्कालै सुरक्षाकर्मीले उपचारका लागि वीर अस्पताल पुर्‍याएको जेलर अर्यालले बताए । उनको अवस्था चिन्ताजनक रहेपनि पछिल्लो अवस्थाबारे अस्पतालबाट आधिकारिक जानकारी नआइसकेको उनले बताए ।

प्रकाशित : श्रावण १७, २०७६ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?