संसद्‌मा कांग्रेसले सोध्यो, ‘नेकपा किन सरकारी जग्गामा ?’ [भिडियोसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले सत्तारूढ दल नेकपाको केन्द्रीय कार्यालय कानुनविपरीत धुम्बाराहीस्थित सार्वजनिक जग्गामा बसेको सम्बन्धमा यथार्थ जानकारी दिन माग गरेको छ ।

कांग्रेस सचेतकमा पुष्पा भुसाल ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालले सरकारी जग्गा भोगाधिकारसम्बन्धी कार्यनीति उल्लंघन गर्दै नेकपाकै पार्टी कार्यालय सरकारी जग्गामा बसेको प्रश्न उठेको उल्लेख गर्दै त्यसबारे वास्तविकता मागेकी हुन्।
सत्तापक्षलाई चैन अरूलाई ऐन भन्ने दृष्टान्त देखिएको उनको भनाइ थियो। सरकारी जग्गामा बस्न छाडेर कानुनको सम्मान गरी सत्तारूढ पार्टीको प्रतिष्ठा जोगाउने प्रयास थाल्न उनले नेकपालाई सुझाइन्।
भोगाधिकार पाएको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपा पार्टी कार्यालय सञ्चालन गर्न दिएको समाचार कान्तिपुरमार्फत सार्वजनिक भएपछि कांग्रेसले सदनमा यस्तो माग गरेको हो। नेकपाले प्रतिष्ठानलाई मासिक २ लाख ५० हजार भाडा तिरिरहेको छ।
यो पनि पढ्नुहोस्:
नेकपा कार्यालय सरकारी जग्गामा

प्रकाशित : श्रावण २१, २०७६ २०:३०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

हृयाम्समा रुफटप हेलिप्याड सुचारु

कान्तिपुर संवाददाता

काठमाडौँ — धुम्बाराहीस्थित हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी( हृयाम्स)ले सोमबारदेखि ‘रुफटप हेलिप्याड’ सहितको सेवा सुरु गरेको छ । अस्पतालले मुलुकको भौगोलिक अवस्था अनुकूल छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्न एयर एम्बुलेन्स सेवा विस्तार गरिएको जनाएको छ ।

हृयाम्स अस्पतालले छतमा नव निर्मित हेली प्याडमा एयर डाइनेष्टीको हेलिकप्टरले सफल उडान र अवतरण गरेर एयर एम्बुलेन्स सेवा सुरु गरेको हो। हाल यो १२ घण्टा दिवा सेवाको रुपमा सुचारु भएको हो।

प्रकाशित : श्रावण २१, २०७६ २०:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT