श्रीलाई अन्तर्राष्ट्रिय उडान अनुमति

सुरज कुँवर

काठमाडौँ — क्यानेडियन बम्बार्डियर कम्पनीका सीआरजे जेट विमानबाट ६ वटा आन्तरिक रुटमा उडान भर्दै आएको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाएको छ ।

श्रीका प्रबन्धक अनिल मानन्धरका अनुसार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्रीलाई नियमित उडानका लागि भारतको दिल्ली, कोलकाता, बैंङ्लोर र अहमदावाद तथा बंगलादेशको ढाकामा नियमित उडान अनुमति प्रदान गरेका हुन् । ६ महिनाअघि श्रीलाई यसै मन्त्रालयले चार्टर उडानको अनुमति दिएको थियो ।

‘बुधबार मन्त्रालयको अनुमति प्राप्त गर्‍यौं, अब चाँडै नियमित उडानका लागि अन्य सबै प्रक्रिया सकेर नियमित उडानको तालिका सार्वजनिक गर्ने छौं,’ प्रबन्धक मानन्धरले कान्तिपुरसँग भने । दुई वर्षदेखि काठमाडौंबाट भद्रपुर, विराटनगर, राजविराज, भैरहवा, नेपालगन्ज र धनगढीमा व्यावसायिक उडान गर्दै आएको निजी क्षेत्रको सबैभन्दा कान्छो श्री एयरलाइन्सले सोमबारमा काठमाडौंदेखि भारतको बनारसमा परीक्षण उडान सकेको थियो । श्रीसँग क्यानेडियन बम्बार्डियर कम्पनीका ५० सिट क्षमताका दुइटा सीआरजे–२०० र ७० सिट क्षमताका दुइटा सीआरजे–७०० जेट विमान छन् ।

यसले आन्तरिक उडानका लागि दुइटा टर्बोप्रोप बम्बार्डियर ड्यास ८–क्यू ४०० विमान पनि खरिद गरिसकेको छ । तर, ती विमान नेपाल ल्याउने अन्तरदेशीय रुट अनुमतिका कारण क्यानडामै छन् । श्री हाल बुद्ध र यतिपछि सर्वाधिक यात्रु सेवा दिने तेस्रो कम्पनी हो । २० वर्षअघि हेलिकप्टरबाट सेवा थालेको श्रीसँग ६ वटा एमआई १७ र दुईटा एयरबसका बीथ्री गरी ८ वटा हेलिकप्टर छन् । हेलिकप्टरमा अन्तर्राष्ट्रिय चार्टर उडान अनुमति प्राप्त गर्ने यो पहिलो कम्पनी हो । हाल यस्को एउटा हेलिकप्टर अफ्रिकामा संयुक्त राष्ट्र संघले उडाइरहेको छ ।


प्रकाशित : श्रावण २९, २०७६ १७:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

खाल्डोमा डुबेर बालिकाको मृत्यु

नगेन्द्र अधिकारी

काभ्रे — खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर बनेपा १ मा ११ वर्षीया रुक्सना गोलेको मृत्यु भएको छ । स्थानीय सृष्टीकान्त विद्यालयमा कक्षा ४ मा अध्ययनरत गोलेको मृत्यु भएको इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

६ र ८ वर्षका अन्य दुई साथीसँगै गोले पौडी खेल्न गएकी थिइन् । प्रहरीका अनुसार खाल्डो तिजिक नामक औषधि उत्पादक कम्पनीले खनेको थियो ।

प्रकाशित : श्रावण २९, २०७६ १७:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT