कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले ४५ पुलमा क्षति 

विमल खतिवडा

काठमाडौँ — बाढीले गर्दा देशभरका ४५ वटा पुलमा क्षति पुगेको छ । सडक विभाग अन्तर्गत पुल महाशाखाका अनुसार क्षति पुगेका पुलको कतै मर्मत गरेर त कतै बिना मर्मत नै सञ्चालनमा ल्याइएको छ । 

बाढीले ४५ पुलमा क्षति 

सबैभन्दा बढी पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासस्थित भाब्सी पुलमा क्षति भएको छ । पुल महाशाखाका प्रमुख दीपक भट्टराईका अनुसार ४७ करोड ३४ लाख बराबरको क्षति भएको छ ।


सबै भन्दा बढी क्षति सडक डिभिजन कार्यालय झापा अन्तर्गतका पुलमा भएको छ । जहाँ ७ वटा पुलमा २ करोड ३५ लाखको क्षति भएको छ ।



प्रकाशित : श्रावण २९, २०७६ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?