कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसइईको ग्रेडवृद्धि परीक्षा सुरु

रासस

भक्तपुर — माध्यामिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सुरु गरेको छ ।

एसइईको ग्रेडवृद्धि परीक्षा सुरु

परीक्षामा करिब एक लाख ५० हजार परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।

आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ । सबैभन्दा धेरै गणित विषयमा एक लाख ५० हजार विद्यार्थी र त्यसपछि विज्ञान र अंग्रेजी विषयमा परीक्षार्थीको सहभागिता रहने उनले बताए ।


गत असार १२ गते सार्वजनिक गरेको एसईईको नतिजामा ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धि गर्न पाउने व्यवस्था गरेपछि यस वर्ष परीक्षार्थीको संख्या बढेको हो । परीक्षा यही भदौ ११ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित : भाद्र १, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?