कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुखले किचेर भारतमा २ नेपालीको मृत्यु

सुरेशराज न्यौपाने

नयाँ दिल्ली — भारतको हिमाचल राज्यमा रुखले किच्दा २ नेपालीको मृत्यु भएको छ । हिमाचलको नारकन्दा जिल्लामा विगत दुई दिनदेखि भएको वर्षाले रुख ढलेर घाइते सात जना नेपालीमध्ये २ को मृत्यु भएको हो । उनीहरू सबैजना मजदुरी गर्दै आएका थिए ।

मृत्यु हुनेमा बाँके विनाउना चिलहरियाका सन्तबहादुर पुन मगर र अर्जुन बुढा मगर छन्।


अन्य घाइतेहरुमा भीमबहादुर, कृष्ण, रणवीर, रमन, समीर छन् । घाइतेहरु सबै राप्तिसोनारी गाउँपालिका-४ का बासिन्दा हुन् । उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ । आइतबार बिहान उनीहरू बस्दै आएको घरमाथि रुख ढलेको थियो। घाइतेहरुलाई तत्कालै सीमलाको इन्दिरा गान्धी मेडिकल कलेज पुर्‍याइएको थियो।

प्रकाशित : भाद्र १, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?