कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक दुर्घटना न्यूनिकरणका उपाय खोज्न संसदीय उपसमिति गठन

काठमाडौँ — संसद्को विकास तथा प्रविधि समितिले सडक दुर्घटना न्यूनिकरणका उपाय खोजी गर्न उपसमिति गठन गरेको छ । 

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले मुलुकभर भइरहेका सवारी दुर्घटना कसरी न्यूनीकरण गर्ने भन्ने विषय अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारीसहित ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।

सडक दुर्घटना न्यूनिकरणका उपाय खोज्न संसदीय उपसमिति गठन

उपसमितिको संयोजकको जिम्मेवारीमा समिति सदस्य गणेश पहाडी छन् । सदस्यहरुमा दुर्गा पौडेल, रंगमति शाही, यज्ञराज सुनुवार र गौरीशंकर चौधरी छन् ।


प्रतिवेदन तयार पार्न उपसमितिलाई २ महिनाको समयावधि दिइएको छ । उपसमितिलाई संघ, प्रदेश र स्थानीय तहसम्म छलफल गरी दुर्घटना न्यूनिकरणका उपायसहित प्रतिवेदन दिनुपर्ने जिम्मेवारी तोकिएको छ ।


यो पनि


बैठकमा सरकारी कर्मचारीहरुले दुर्घटना मानवीय कारणले भइरहेको जनाएका थिए । सांसदहरुले भने आफ्ना कमजोरी ढाकछोप गरेको भन्दै विरोध जनाए ।


बैठकमा सहभागी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ राजदूतसँग भेट्ने भन्दै केही समयमै बाहिरिए । उक्त मन्त्रालयका सचिव देवेन्द्र कार्की, यातायात व्यवस्था विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकाल र विज्ञलाई बोलाएर दुर्घटना कम गर्ने विषयमा समितिले शुक्रबार छलफल गरेको छ ।

प्रकाशित : पुस ४, २०७६ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?