कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीय संसदको पाँचौं अधिवेशन सुरु, प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुखले गरिन्

काठमाडौँ — संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार ४ बजेका लागि संसदका दुवै अधिवेशन आह्वान गरेकी थिइन् ।

संघीय संसदको पाँचौं अधिवेशन सुरु, प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुखले गरिन्

जसअनुसार संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाकाबैठक बसेका हुन् । राष्ट्रपतिले मंसिर २४ गते संसद अधिवेशन आह्वानको पत्र संसद सचिवालयलाईपठाएकी थिइन् ।

प्रतिनिधिसभाको अध्यक्षता उपसभामुख डा. शिवमायातुम्बाहाङ्फेले गरेकी थिइन् । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार प्रयासगरेको आरोप लागेर कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएकाले उपसभामुखले प्रतिनिधिसभाकोअध्यक्षता गरेकी हुन् । महरा हाल पुर्पक्षका लागि थुनामा रहेका छन् ।

नेपालको संसदीय इतिहासमा उपसभामुखले संसद बैठककोप्रारम्भ र अन्त्य गरेको यो पहिलो पटक हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा राष्ट्रपतिलेसंसदको पाँचौं अधिवेशन आह्वानका लागि राष्ट्रपतिले पठाएको पत्र वाचन गरेर सुनाइएकोथियो ।

त्यसपछि लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि योगदानदिने शहीदप्रति एक मिनेट मौनधारण गरिएको थियो ।

प्रतिनिधिसभा बैठक र राष्ट्रियसभा बैठकले चौथो अधिवेशनसकिएपछि हालसम्म निधन भएका चार पूर्व सांसदहरूप्रति श्रदाञ्जली व्यक्त गरेका थिए ।चौथो अधिवेशन असोज २ गते सकिएको थियो ।

त्यसयता तत्कालीन एमालेका तर्फबाट २०५१ सालमा संखुवासभानिर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हरि वैरागी दाहालको ६२वर्षको उमेरमा असोज ३ गते निधन भएको थियो । एमालेको तर्पबाट २०७० सालको संविधानसभामासमानुपातिक सांसद कमलाकुमारी घिमिरेको ५० वर्षका उमेरमा कात्तिक ९ गते निधन भएको हो। एमालेको तर्फबाट धनुषा ५ बाट २०५१ सालमा प्रतिनिधिसभामा निर्वाचित रामलखन महतोको६६ वर्षको उमेरमा गत कात्तिक १५ गते निधन भएको थियो । त्यसैगरी, नेपालीकांग्रेसका भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट २०७० सालको संविधानसभा निर्वाचनमानिर्वाचित सांसद रामेश्वर ढुंगेलको ५९ वर्षको उमेरमा पुस १ गते निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते १ बजे बस्नेभएको छ भने राष्ट्रियसभाको अर्को बैठक पुस ७ गते १ बजेका लागि तय गरिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठकमा सभामुख र उपसभामुखकोनिर्वाचनको कार्यतालिका तय गरिने संसद सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित : पुस ४, २०७६ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?