कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दैलेखका अपहरित गाउँपालिका अध्यक्ष मुक्त

ज्योति कटुवाल

दैलेख — नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले अपहरण गरेका ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही १८ घण्टापछि अपहरणमुक्त भएका छन् । 

दैलेखका अपहरित गाउँपालिका अध्यक्ष मुक्त

कालीकोटको शुभकालिका गाउँपालिका–१ को जंगलबाट आइतबार साँझ ६ बजे उनलाई उद्धार गरिएको हो । ठाँटीकाँध–२ को आफ्नेै घरबाट गएराति अपहरणमा परेका उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले उद्धार गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले बताए ।

प्रहरीले तीनतिरबाट घेरा हालेपछि चन्द समूहका कार्यकर्ताले छोड्न बाध्य भएको उनले बताए । अपहरण गर्ने चन्द समूहका कार्यकर्ता फारार रहेको र उनीहरुको खोजी भइरहेको डिएसपी ओलीले जनाए । यता अपहरणको जिम्मा लिँदै चन्द समूहले गाउँपालिकामा अनियमितता भएको भन्दै अपहरण गरेको जनाएको छ । प्रदेश प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले जंगलमा कुन ठाउँमा लैजाने भन्ने छलफल गरिरहेको बेला घेरा हालेर अपहरणमुक्त गरेको बताए । प्रहरीले गोली चलाएपछि चन्द समूहका कार्यकर्ता भाग्दै गर्दा शाहीलाई उद्धार गर्न सहज भएको उनको भनाइ छ ।

गत राति पटकपटक ढोका ढक्ढक्याएपछि एकैपटक १५/१६ जनाको समूह घरभित्र प्रवेश गरी अध्यक्षलाई उठाएको उनकी श्रीमती इलाले बताइन् । उनले भनिन्, ‘समूहका एक जनाले सोधपुछ गर्नुछ फर्काइहाल्छौं भनेर श्रीमानलाई लिन खोजेपछि आफू पनि सँगै गएकी हुँ ।'

बोल्न थालेपछि हतियारधारी समूहले हल्ला किन गर्नुहुन्छ भन्दै धम्क्याए पनि आफू चुप लागेर श्रीमानसँगै हिँडेको बताइन् । श्रीमानसँगै गएकी उनलाई करिब दुई घण्टा हिँडाएपछि वडा नम्बर–२ को जंगलमा फर्काएको बताइन् । तपाईं नफर्के अध्यक्षलाई जे पनि हुनसक्छ भन्दै धम्काएपछि श्रीमानको मुख हेरेर फर्किएको उनले बताइन् ।

प्रकाशित : पुस ६, २०७६ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?