कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र चितवन छोड्न प्रदेश प्रहरी कार्यालयको आदेश

काठमाडौँ — ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालय चितवनका तत्कालीन प्रमुख एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र सबै चार्ज बुझाएर सरुवा भएको स्थानमा रवाना लिएर जान पत्र काटेको छ ।

एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र चितवन छोड्न प्रदेश प्रहरी कार्यालयको आदेश

३ नम्बर प्रदेश प्रहरी प्रमुख शेरबहादुर बस्नेतका अनुसार ४ गते नै सरुवा भए पनि हालसम्म रवाना लिएर नगएकोले तुरुन्त सरुवा गरिएको स्थानमा जान पत्र पठाइएको हो । 'सरुवा भएपछि भनेको स्थानमा जानलाई केही दिन लाग्छ । तर उहाँले किन बढी समय लिनुभयो त्यो थाह भएन । तर हामीले उहाँलाई रवाना लिन भने पत्र पठाएका छौं,' उनले भने ।


प्रहरी प्रधान कार्यालयले यूएन जगेडा, नक्सालमा कार्यरत गंगा पन्तलाई चितवन पठाउँदै त्यहाँ कार्यरत दानबहादुर मल्ललाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, गौचरमा सरुवा गरेको थियो । सरुवामा असन्तुष्टि जनाउँदै मल्लले सरुवा गरिएको स्थानमा जान मानेका छैनन् ।

प्रकाशित : पुस १७, २०७६ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?