कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माघ ७ भित्र भुक्तानी दिन सरकारलाई उखु किसानको अल्टिमेटम

काठमाडौँ — आन्दोलनरत उखु किसानहरुले माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिएका छन् । 

किसानहरुले आगामी माघ पहिलो साताभित्र सम्पूर्ण बाँकी रकम बिहीबार सरकारलाई समयसीमा तोकेका हुन् । सरकारले बुधबार उखु किसानहरुसँग माघ पहिलो साताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने मौखिक प्रतिबद्धता जनाएको थियो ।

माघ ७ भित्र भुक्तानी दिन सरकारलाई उखु किसानको अल्टिमेटम

किसानले भने पुस २५ गतेभित्र ८० प्रतिशत र माघ पहिलो साताभित्र बाँकी २० प्रतिशत रकम भुक्तानी दिने सरकारको प्रतिबद्धता लिखित रुपमा आउनुपर्ने बताएका थिए ।


यसअघि सरकार र किसान पक्षबीच बारम्बार सम्झौता भए पनि कार्यान्वयनमा नआएको भन्दै लिखित प्रतिबद्धता आउनुपर्ने उनीहरुको माग छ । आफूहरुले दिएको समयसीमाभित्र भुक्तानी नपाए देशव्यापी आन्दोलन गर्ने किसान हरिश्याम रायले चेतावनी दिए ।


बुधबार उद्योग मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले किसानहरुलाई बोलाएर माघ ७ गतेभित्र सबै रकम भुक्तानी गर्ने आश्वासन दिएका थिए । अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड भुक्तानी दिन बाँकी रहेको किसानहरुले बताएका छन् ।


पैसा नतिर्ने चिनी उद्योगीलाई पक्राउ गर्ने तयारी गृहमन्त्रालयले गरेपछि मिल सञ्चालक सम्पर्कमा आएका थिए ।


प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सोमबार चिनी उद्योगीलाई पक्रिएरै भए पनि किसानको बक्यौता असुल गरिदिन सरकारलाई निर्देशन दिएको थियो ।

प्रकाशित : पुस १७, २०७६ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?