कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'उखुको समस्या क्रोनिकजस्तै'

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उखुको समस्या क्रोनिकजस्तै रहेको बताएका छन् । उखु कृषकको समस्या वर्षाैंदेखि पटकपटक उठेको बताउँदै सरकारकाे प्रवत्तासमेत रहेका मन्त्री बाँस्कोटाले समस्या साधान गर्न सम्बन्धित मन्त्रालयले पहल गरिरहेको बताए ।

'उखुको समस्या क्रोनिकजस्तै'

‘उखु कृषकको समस्या वर्षाैंदेखिकै हो । पकटपटक हरेक साल उठेको छ,’ नेपाल सरकारले साप्ताहिक रुपमा आयोजना गर्ने पत्रकार सम्मेलनमा बिहीबार उनले भने, ‘उखुको समस्या क्रोनिकजस्तै हो । समाधान गर्न सम्बन्धित मन्त्रालयले पहल कदमी गरिरहेको छ । गृहलाई पनि पत्राचार गरिएको छ ।’ उनले कृषकले विगतको अनुदान रकम पनि प्राप्त गर्न नसकेको जानकारी दिए ।


‘सरकारले अनुदान दिएको छ । तर, अनुदान चिनी मिलमार्फत जान्छ,’ उनले भने, ‘अनुदान पठाउने माध्यम उपयुक्त छैन । सोझै किसानलाई पठाउन खोजेका छौं ।’ उनले बेलाबेलामा मिल स‌ंचालक र आयातकर्ता एउटै नाममा जाेडिएको पनि बताए । ती व्यवसायीलाई व्यापार नगर्न भन्न पनि नसक्ने उनले बताए । ‘तीनै व्यवसायीले बेला/बेलामा कृत्रिम अभाव, बाग्रेनिङ गरेका छन्,’ उनले भने, ‘यो गम्भीर विषय हो ।’

प्रकाशित : पुस १७, २०७६ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?