कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रिपरिषद्का १४ निर्णय : चक्रपथका लागि जग्गा अधिग्रहणदेखि इजिप्टका ४ नागरिक निष्कासनसम्म

काठमाडौँ — सरकारले चक्रपथ विस्तारका लागि जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको छ । चक्रपथको दोस्रो चरणको विस्तार परियोजना कलंकी-महाराजगञ्ज-धोबीखोला खण्डको विस्तारका लागि मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनीलाई स्वीकृति दिएको हो ।

मन्त्रिपरिषद्का १४ निर्णय : चक्रपथका लागि जग्गा अधिग्रहणदेखि इजिप्टका ४ नागरिक निष्कासनसम्म

उक्त खण्डको सडकको चौडाइ ३१/३१ मिटर बनाउने गरी जग्गा अधिग्रहण गर्न स्वीकृति दिइएको सरकारका प्रवक्तासमेत रहकेा संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, 'चीन सरकारको सहयोगमा संचालन हुने दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि कलंकी-महाराजगञ्ज-धोबीखोला खण्डको सडक सीमा ३१/३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको छ ।'

त्यस्तै, मन्त्रिपरिषद बैठकले नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका इजिप्टका ४ नागरिकलाई निष्कासन गर्ने निर्णय गरेको छ । उनीहरूको भिसा दिस्तुर तथा बिलम्ब शुल्क बापतको ४ हजार ६ सय ४० अमेरिकी डलर तथा जरिवाना बापतको २ लाख रुपैयाँ मिनाहा गरी नेपालबाट निष्कासन गर्ने निर्णय लिइएको हो ।

सरकारले एक स्वास्थ्य रणनीति, २०७६ पनि स्वीकृत गरेको बाँस्कोटाले जानकारी दिए ।

सूचना प्रविधि विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गरियो : सरकारका प्रवक्ता

'उखुको समस्या क्रोनिकजस्तै'

पढ्नुहोस् मन्त्रिपरिषद्का १४ निर्णय :

प्रकाशित : पुस १७, २०७६ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?