कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठगी आरोपमा व्यापारी महेन्द्र सारडा पक्राउ

मातृका दाहाल

काठमाडौँ — उपभोक्ता ठगेको आरोपमा व्यापारी महेन्द्र सारडा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सारडालाई थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको हो । 

ठगी आरोपमा व्यापारी महेन्द्र सारडा पक्राउ

सारडा मोरङको टंकिसिनुवारीस्थित पायोनियर इलेक्ट्रिक प्रालीका सञ्चालक हुन् । महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार इलेक्ट्रोनिक्स केबुलको परिमाण भन्दा कम लम्बाई राखेर सामान विक्री गरेको आरोप उनलाई लगाइएको छ । थापाथलीस्थित अधिकृत विक्रेताको कार्यालयमा प्रहरीले सिलबन्दी गरेको छ ।


‘एक रोलमा एक सय मिटर हुनुपर्नेमा कम्पनीबाटै ५ देखि २० मिटरसम्म कम परिमाण राखेर प्याकेट तयारी गर्ने गरेको पाइयो,’ एसएसपी थापाले भने, ‘हामीलाई केही उजुरी परेका थिए, त्यसको अनुसन्धान गर्नेक्रममा शुक्रबार सारडालाई पक्राउ गरिएको हो ।’ प्रहरीले स्याम्पलको रुपमा केबुलका ६ थान प्याकेट पनि बरामद गरेको छ ।

प्रकाशित : पुस १८, २०७६ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?