कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनेरास्ववियूले केन्द्रीय कमिटीमा यसरी गर्‍यो भागबन्डा (नामावलीसहित)

काठमाडौँ — नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूको एकता टुंगो लागेको छ । पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको विद्यार्थी संगठनबीच शुक्रबार राति सम्पूर्ण एकता टुंगिएको हो ।

अनेरास्ववियूले केन्द्रीय कमिटीमा यसरी गर्‍यो भागबन्डा (नामावलीसहित)

सात महिनाअघि तत्कालीन अनेरास्वियूबाट संयोजक र अनेरास्ववियू क्रान्तिकारीबाट सहसंयोजक चुनिए पनि संगठनको एकता भने टुंगिएको थिएन ।

अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले शुक्रबार राति ३३५ सदस्यीय र जिल्लाको नेतृत्व तय गरेका हुन् । केन्द्रीय कमिटीमा अनेरास्ववियूबाट १८० जना र क्रान्तिकारीबाट १५५ जना केन्द्रीय सदस्य छन् ।

सातवटा प्रदेश मध्ये २, ३ र कर्णाली प्रदेशको नेतृत्व क्रान्तिकारीले पाएको छ भने प्रदेश १, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको नेतृत्व अनेरास्ववियूले गर्ने भएको छ ।

७७ जिल्लाका संयोजकमध्ये ४२ मा अनेरास्ववियू र ३५ जिल्ला क्रान्तिकारीले लिने सहमति भएको छ । एउटा पक्षले संयोजक लिएको ठाउँमा अर्को पक्षले सहसंयोजकको जिम्मेवारी लिने पनि सहमति भएको छ ।

एकीकृत अनेरास्ववियूको केन्द्रीय सचिवालय १११ सदस्यीय र स्थायी समिति ४५ सदस्यीय बनाउने सहमति भएको छ । ४५ सदस्यीय स्थायी कमिटीबाट अनेरास्ववियू २४ र क्रान्तिकारी २१ जना हुने सहमति हुने भएको छ ।


को-काे छन् केन्द्रीय कमिटीमा ?

प्रकाशित : पुस १९, २०७६ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?