कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले न्यायकाे प्रत्याभूति दिलाउन सकेन् : थापा

काठमाडौँ — राप्रपा अध्यक्ष कमल थापाले सरकारले जनतालाई न्यायकाे प्रत्याभूति दिलाउन नसकेकाे बताएका छन् ।

सरकारले न्यायकाे प्रत्याभूति दिलाउन सकेन् : थापा

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले शनिबार काठमान्डाै‌ंमा आयाेजना गरेको कार्यक्रममा थापाले जघन्य घटना देशब्यापी रुपमा बढ्दै जाँदासम्म पनि सरकारले न्यायको प्रत्याभुती दिन नसक्नु लज्जाको बिषय भएको बताए ।

सत्य, धर्म र समृद्धिको संबाहक शक्ति राप्रपा भएको थापाले बताए । थापाले धर्म,संस्कृतीको पक्षमा रहेको जनमतलाई शक्तिमा रुपान्तरण गर्ने गरि काम गर्न कार्यकर्तालाई निर्देशन दिए । जनता मालिक भएर निर्णय गर्ने समयमा मात्र सत्य र धर्मको जित हुने उनकाे भनाई थियाे ।

धर्मको नाश भएपछि समाजमा ब्यभिचार बढ्ने भन्दै थापाले महिलामाथिको दमन, शोषण र हिंसाको बिरोधमा शसक्त भएर देखिने गरि उभिन आग्रह गरे ।

सबै धर्मका बीचमा समानता र धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र, चुनाबी राजनितिभन्दा माथि उठेको राजसंस्था तथा स्वायत्त शासनमा आधारित सुदृढ स्थानिय निकायको जगमा मात्र नेपाललाई बलियो मुलुक बनाउन सकिने थापाको धारणा थियो ।

भेलाले नानू नगरकोटी अध्यक्षतामा १५ सदस्यीय ३ नम्बर प्रदेश महिला कमिटी गठन गरेको छ ।

प्रकाशित : पुस १९, २०७६ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?