कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा केन्द्रीय समिति बैठक माघ १५ गतेका लागि सार्ने सचिवालयको निर्णय

बबिता शर्मा

काठमाडौँ — नेकपाको सचिवालय बैठकले केन्द्रीय समिति बैठक १५ माघसम्म सार्ने निर्णय गरेको छ ।

नेकपा केन्द्रीय समिति बैठक माघ १५ गतेका लागि सार्ने सचिवालयको निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले पूर्वनिर्धारित मितिबाट केन्द्रीय समिति बैठक सार्ने निर्णय गरेको हो ।


यसअघि स्थायी समितिको बैठकले पुस २३ गते केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको थियो । तर, आइतबार बसेको सचिवालय बैठकले तयारी नपुगेको भन्दै बैठक सार्ने निर्णय गरेको सचिवालय स्रोतले बताएको छ ।

सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, रक्षामन्त्री ईश्वर पोखरेल, वामदेव गौतम लगायतका सचिवालय सदस्यहरुको उपस्थिति थियो ।

प्रकाशित : पुस २०, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?