कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रिपरिषद्का ३२ निर्णयः घरजग्गा बिक्रीदेखि रेल विभागमा विदेशी कर्मचारी नियुक्तसम्म

काठमाडौँ — सरकारले माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठका ३२ निर्णयहरु सार्वजनिक गरेको छ । नियमित पत्रकार सम्मेलनमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्का ३२ निर्णयः घरजग्गा बिक्रीदेखि रेल विभागमा विदेशी कर्मचारी नियुक्तसम्म

मन्त्रिपरिषद् बैठकले जर्मनीको बोनस्थित सरकारको स्वामित्वमा रहेको घरजग्गा बिक्रीका लागि जर्मनीस्थित नेपाली दूतावासलाई अख्तियारी प्रदान गरेको छ । यस्तै, जयनगर-जनकपुर-बर्दिबास रेलमार्गको जयनगर-जनकपुर-कुर्था खण्डमा रेल सेवा सञ्चालनका लागि आवश्यक दक्ष श्रमिक नेपाली नागरिक आपूर्ति हुन नसेकमा श्रम ऐनअन्तर्गत २६ जना विदेशी दक्ष कर्मचारी नियुक्ति गर्नका लागि स्वीकृत दिएको छ ।

गुठी संस्थान जाँचबुझले आयोगले सरकारलाई बुझाएको सुझाव प्रतिवेदनअनुसार व्यक्तिको नाममा रहेका गुठीको जग्गा सरकारी स्वामित्वमा लैजाने निर्णय समेत गरेको प्रवक्ता बाँस्कोटाले बताए । बैठकले सेनाका ७ जना रथी र ९ जना महासेनानीको सरुवा गर्ने निर्णय पनि गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्का निर्णयः


प्रकाशित : माघ ९, २०७६ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?