कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीद्वारा लैनचौर सहिद स्मारक पुगी सहिदप्रति श्रद्धाञ्जली

रासस

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित सहिद स्मारकमा पुगी सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सहिद दिवसको अवसरमा लैनचौरस्थित सहिद स्मारक पुगेर प्रधानमन्त्री ओलीले सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

प्रधानमन्त्रीद्वारा लैनचौर सहिद स्मारक पुगी सहिदप्रति श्रद्धाञ्जली

देश र जनताका लागि आफ्नो जीवनको आहुति दिने सहिदहरुको सम्झना गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरुप्रति भावप्रर्ण श्रद्धाञ्जली व्यक्त गरे ।


प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरंकुश पञ्चायती र राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी सहिदको आत्म बलिदानमार्फत सामाजिक न्याय, कानुनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त भएको स्मरण गरेका छन् ।


सहिदहरुको सम्मानमा बिहीबार बिहान रत्नपार्कको शान्तिबाटिकाबाट लैनचौरस्थित सहिद स्मारकसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा सरकारी उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायका ब्याण्ड टोली र मार्चपास सहितको टोलीको सहभागिता थियो ।

प्रकाशित : माघ १६, २०७६ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?