कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोराले च्यापिएर रुपन्देहीमा एकै परिवारका ४ जनाको मृत्यु

सन्जु पौडेल

रुपन्देही — बोराले च्यापिएर रुपन्देहीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । बोराको थुप्रोले च्यापिएर भारत बिहारका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षीया सद्धव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुनको मृत्यु भएको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ पिपरहियामा आफैले संकलन गरेर राखेको बोराले च्यापेको अवस्थामा उनीहरुलाई बिहान मृत फेला पारिएको थियो । सटरभित्र तीनतर्फ नै बोराका चाङ थिए । बोराले थिच्दा उनीहरुको निसास्सिएर मृत्यु भएको आशंका गरिएको प्रहरीले जनाएको छ । उनीहरुको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।

प्रकाशित : माघ १६, २०७६ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?