कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा बैठक : समूहगत छलफल सकियो, यी नेताले गर्नेछन् रिपोर्टिङ

काठमाडौँ — नेकपाको जारी केन्द्रीय समिति बैठकमा बिहीबारदेखि समूहगत छलफल करिब करिब सकिएको छ । अध्यक्षद्वयको तर्फबाट पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलले पेस गरेको संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि बिहीबार समूहगत रुपमा छलफल भएको थियो । 

नेकपा बैठक : समूहगत छलफल सकियो, यी नेताले गर्नेछन् रिपोर्टिङ

बुधबारदेखि सुरु भएको बैठकमा १५ समूह बनाएर राष्ट्रिय सभागृह, पार्टी मुख्यालय धुम्बाराही र पेरिसडाँडामा छलफल सुरु भएको थियो । एउटा समूहमा २९ सदस्य थिए । अल्फाबेटिकल आधारमा समूह विभाजन भएको छ भने यी समूहमा सचिवालयका नेता सहभागी थिएनन् ।


छलफल सुरु गर्नुअघि सबै समूहले आ–आफ्ना टोली नेता र उपनेता चयन गरेका थिए । तर १० नम्बर समूहले भने नेता चयन गर्न नसकेपछि स्थायी समिति सदस्य युवराज ज्ञवालीको समूहको संयोजन गरेका थिए ।


टोली नेताले सबै सदस्यले राखेका धारणा टिपोट गरेर शुक्रबारको पूर्ण बैठकमा प्रतिवेदन प्रस्तुत गर्नुपर्ने विधि सचिवालयले बनाएको थियो ।

समूहगत छलफलमा प्रतिवेदनमा नसमेटिएका विषयवस्तुहरु पनि सदस्यहरुले उठाएका छन् । सबै समूहमा एमसीसीको विषय उठेको नेताहरुले बताएका छन् । एमसीसी सम्झौता अनुमोदन गर्दा केही बुँदाहरु परिमार्जन गरेरमात्रै अनुमोदन गर्नुपर्ने धारणा सदस्यहरुले राखेका छन् । यस्तै महिला सहभागिता, मधेस, जनजाति, मजदुर लगायतका मुद्दाहरु पनि सदस्यहरुले उठाएका छन् ।


कुन समूहमा टोली नेता को ?

समूह १ को टोली नेताद्वय उर्मीला अर्याल र आनन्द पोखरेल छन् । समूह २ को नेता कमला रोका, उपनेता कृष्ण राई र कृष्णध्वज खड्का रहेका छन् । समूह ३ को नेता खिमलाल भट्टराई, समूह ४ को नेता जगन्नाथ खतिवडा रहेका छन् । यस्तै समूह ५ को टोली नेता ठाकुर गैरे छन् ।

समूह ६ को टोली नेता दीनानाथ शर्मा, समूह ७ मा पूर्णकुमारी सुवेदी र उपनेता निरज आचार्य रहेका छन् । समूह ८ को टोली नेता विन्दा पाण्डे, उपनेता बलराम बाँस्कोटा र वलावती शर्मा छन् । यस्तै समूह ९ को टोली नेता भगवती चौधरी र उपनेता भाष्कर काफ्ले रहेका छन् । समूह १० ले नेता चयन गर्न सकेन तर महेश बस्नेत, युवराज चौलागाई लगायतका नेताहरुले विषयवस्तु नोट गरेका छन् । चौलागाईका अनुसार याे समूहले शुक्रबार बिहान छलफलपछि टाेली नेता चयन गर्ने भएकाे छ ।


समूह ११ मा राजेन्द्र राई नेता छन् । समूह १२ मा रेणु दाहाल, समूह १३ को टोली नेता लेखनाथ न्यौपाने र उपनेता सावित्रा भुसाल रहेका छन् । समूह १४ को नेता राम कार्की र उपनेता शिवमाया तुम्बाहाङ्फे छन् । समूह १५ टोली नेता हिमाल शर्मा छन् । छलफल सकिएपछि टोली नेता र उपनेताहरु प्रतिवेदन लेखनमा जुटेका छन् ।

प्रकाशित : माघ १६, २०७६ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?