कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एम्नेस्टीको मानवअधिकार प्रतिवेदन : नेपालमा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार

काठमाडौँ — नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले पटकपटक प्रहार गरेको भन्दै मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले चासो व्यक्त गरेको छ । नेपालसहित एसिया प्रशान्त क्षेत्रमा मानवअधिकारको अवस्थाबारे बिहीबार सार्वजनिक प्रतिवेदनमा एम्नेस्टीले पछिल्ला वर्षहरूमा नेपालमा स्वतन्त्रता संकुचित हुँदै गएको उल्लेख गरेको छ ।

सूचना प्रविधि, मिडिया काउन्सिललगायत विधेयकमार्फत नेपाल सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई एकपछि अर्को गर्दै प्रहार गरिरहेको र राष्ट्रिय मानवअधिकार आयोगलगायत संघसंस्था तथा नागरिक समाजमाथि थप बन्देजहरू लगाएको एम्नेस्टीको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, नेपालीहरूका लागि सन् २०१९ ‘स्वतन्त्रता संकुचनमा परेको वर्ष’ रहेको उल्लेख गर्दै एम्नेस्टीले बिहीबार एक विज्ञप्तिसमेत जारी गरेको छ । ‘गत वर्ष नेपालले दमनकारी पद्धतिहरूलाई अनुसरण गरेर अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्न थालेको हामीले देखेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘गत वर्ष आफ्नो काम गरेबापत पत्रकारहरूलाई गिरफ्तार गरियो, गीतमा भएका विषयवस्तुका कारण गायकहरूलाई थुनामा राखियो र नागरिक समाजले थप दबाब झेल्नुपर्‍यो ।’

प्रकाशित : माघ १६, २०७६ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?