कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भवन निर्माणको भुक्तानी नदिएको भन्दै सैनिक मुख्यालय अगाडि धर्ना

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय निर्माणमा संलग्‍न सहायक ठेकेदार, सप्लायर्स र मजदुरहरुले भुक्तानी माग गर्दै धर्ना सुरु गरेका छन् । उनीहरुले सैनिक मुख्यालय अगाडि मंगलबार बिहान धर्ना दिएका हुन् । 

भवन निर्माणको भुक्तानी नदिएको भन्दै सैनिक मुख्यालय अगाडि धर्ना

धर्ना बस्नुको कारणबारे विज्ञप्ति जारी गर्दै उनीहरुले भवन निर्माणको लगानीकर्ता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सेनालाई मुक्तानी दिइसके पनि सेनाले ठेकेदारलाई भुक्तानी नदिँदा ठेकेदारले सहायक ठेकेदार, सप्लायर्स र मजदुरलाई भुक्तानी नदिएको उल्लेख गरेका छन् ।

आफूहरुले सेनाका अधिकारी र पुनर्निर्माण प्राधिकरणलाई जानकारी गराउँदा पनि भुक्तानी नपाएको विज्ञप्तिमा उल्लेख छ ।

हेडक्वाटर ठेकेदार पीडित सम्पूर्ण सहायक ठेकेदार, सप्लायर्स तथा मजदुरहरुको नामबाट जारी विज्ञप्तिमा भुक्तानी विवादसम्बन्धी सत्य-तथ्य जानकारी पाउनका लागि धर्ना कार्यक्रम आयोजना गरिएको उल्लेख छ ।

प्रकाशित : फाल्गुन १३, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?