कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड-१९ रोकथाम तथा नियन्त्रण समितिको बैठक जारी 

काठमाडौँ — कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा जारी छ । समिति संयोजक रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा जारी बैठकमा कोरोना भाइरसको जोखिम र पूर्वतयारीका विषयमा छलफल भइरहेको छ । 

कोभिड-१९ रोकथाम तथा नियन्त्रण समितिको बैठक जारी 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनका क्रममा घोषणा गरेका कुराहरु कार्यान्वयनका सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै आइतबारबाट २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुने, सोमबारबाट लामो दूरीका यातायातका साधनहरु बन्द र १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने बताएका थिए ।

प्रकाशित : चैत्र ८, २०७६ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?