कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बहराइनमा ३ नेपाली कोरोनाबाट संक्रमित

होम कार्की

काठमाडौँ — बहराइनमा ३ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनीहरु अलग-अलग कम्पनीमा कार्यरत थिए । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार उनीहरुलाई सरकारले गुणस्तरीय स्वास्थ्य सेवा गरिरहेको बताए ।

बहराइनमा ३ नेपाली कोरोनाबाट संक्रमित

‘हामीलाई यहाँको सरकारले तीन नेपाली भाइरसबाट संक्रमित भएको जानकारी दिएको छ,’ उनले कान्तिपुरलाई भने, ‘थप एक महिलासहित ३ जनालाई परीक्षणका लागि क्वारेन्टाइनमा राखिएको छ ।’

उनीहरु कार्यरत कम्पनीमा रहेका कामदारलाई पनि निगरानीमा राखिएको उनले बताए । ‘यहाँ क्याम्प र घरघरमा पुगेर स्वास्थ्य परीक्षण लिने काम भइरहेको छ,’ उनले भने । उनले क्वारेन्टाइन निकै व्यवस्थित रहेको बताए ।

बहराइनमा हालसम्म ३०५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

प्रकाशित : चैत्र ९, २०७६ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?