कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड–१९ सतर्कता अभिवृद्धि गर्न अध्यक्ष दाहालको आग्रह

रासस

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्नका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सिङ्गो पार्टी पंक्ति र जनसमुदायमा आग्रह गरेका छन् । 

कोभिड–१९ सतर्कता अभिवृद्धि गर्न अध्यक्ष दाहालको आग्रह

अध्यक्ष दाहालले आइतबार प्रेस नोटमार्फत कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गर्दै पार्टी र सरकारले लिएका नीतिगत र व्यावहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् । उनले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउनेतर्फ आफ्नो पहल बढाउन सरकारलाई अनुरोध गरेका छन् ।


यस्तै उनले जोखिमसँग जुध्न राष्ट्रिय एकता र उच्च मनोबलका साथ लागिपर्न र यसको सामना गर्न पनि सबैमा अनुरोध गरेका छन् ।

प्रकाशित : चैत्र ९, २०७६ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?