कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

कोभिड १९ को प्रभाव : धेरैजसो नाका सुनसान

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) का कारण आइतबारदेखि नेपाल–भारत जोडिएका अधिकांश नाकामा मानिस ओहोरदोहोर बन्द गरिएको छ । भारतमा लगाइएको ‘जनता कर्फ्यू’ र नेपाल प्रवेश गर्नेहरुलाई स्थानीय प्रशासनले कडाइ गरेपछि सीमा सुनसान बनेको छ ।

कोभिड १९ को प्रभाव : धेरैजसो नाका सुनसान

मोरङ प्रशसनले नेपाल–भारत ओहोरदोहोर गरिने जिल्लाका विभिन्न १४ वटा साना नाका आइतबारदेखि बन्द गरेको हो । भारतसँग ६० किलोमिटर सीमाना जोडिएको मोरङमा जोगबनी मूल नाकासहित नौ छोटी भन्सार र अन्य १४ वटा गल्ली (साना) नाकाबाट आउजाउ हुँदै भइरहेको थियो । जोगबनी मूल नाकासहित नौवटा छोटी भन्सार नाकामात्र आइतबार खुला छन् ।


कैलालीमा पनि सशस्त्र प्रहरीले भारतसितको १०१ किलोमिटर सीमामध्ये धनगढीको त्रिनगर र टीकापुरको खक्रौलाबाहेकका सबै सीमा ‘सिल’ गरिदिएको छ । खुला सीमाबाट आउजाउ नरोकिँदा कोरोना भाइरस संक्रमण भित्रिन सक्ने जोखिम भएकाले खुला सीमा पूर्णरुपमा बन्द गरिएको नाकामा तैनाथ सुरक्षाकर्मीले उल्लेख गरेका छन् । सीमामा रहेका परम्परागत काठेपुल र डुंगासमेत हटाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । आइतबार बिहानैदेखि सीमाका नेपाली बजारका पसल, व्यवसाय र व्यापारिक प्रतिष्ठान बन्द छन् । छिटफुट रुपमा पैदल यात्रुहरु मात्र हिँडेका छन् ।


यस्तै कपिलवस्तुका सीमावर्ती बजार कृष्णनगर, मर्यादपुर र चाकरचौडा बजार पूर्णरुपमा बन्द छन् ।


सीमानाका झुलाघाट पनि सुनसान छ । शनिबारसम्म भारतबाट नेपाल फर्कनेको लर्को लागेको भए पनि आइतबारदेखि सीमानाका सुनसान भएको हो । नेपालतिर कोही पनि नआएको सुरक्षाकर्मीले बताए । त्यसैगरी सप्तरी प्रशासनले भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई रोक लगाएको छ । सप्तरीमा प्रवेश गर्ने ८ मध्ये ७ वटा नाकामा आउजाउ पूर्णरुपले बन्द गरिएको छ ।


कञ्चनपुरको गड्डाचौकी नाका भने मंगलबारदेखि मात्र बन्द गरिने भएको छ । आइतबार जिल्लास्तरीय कोरोना संक्रमण जोखिम न्यूनीकरण उपसमितिको बैठकले मंगलबार बिहानदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको हो ।


पश्चिम नवलरासीको शनिबारसम्म भीडभाड देखिएको नाकामा सुरक्षाकर्मीमात्र देखिन्छन् । भारतमा लागेको जनता कर्फ्युका कारण सीमा नाकामा किनमेलका लागि नेपालीलाई सुरक्षाकर्मीले जान दिएका छैनन् । बजार तथा पसलमा पनि मानिसको आवागमन घटेको छ । खाध्यान्न, तरकारी र अस्पताल बाहेकका अन्य स्थानमा मानिसहरुको चहलपहल घटेको छ । पश्चिम नवलरासीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालका अनुसार नेपाल र भारततर्फका दुबै देशका सुरक्षा अधिकारीको समन्वयमा सिमानाकामा मानिसलाई आवातजावत गर्न दिइएको छैन ।

अर्जुन शाह (धनगढी), नवीन पौडेल (परासी), अवधेशकुमार झा (राजविराज), देवनारायण साह (मोरङ), विनोद भण्डारी (विराटनगर), तृप्ति शाही (बैतडी), अजित तिवारी (जनकपुर)

प्रकाशित : चैत्र ९, २०७६ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?