कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा आइसोलेसनमा रहेका एक बिरामीको मृत्यु, कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी

रमेशकुमार पौडेल

भरतपुर — चितवनको भरतपुर महानगरपालिकामा रहेको कोरोना उपचार अस्थायी अस्पतालको आईसीयूमा रहेका एक युवकको मंगलबार बिहान मृत्यु भएको छ । उनकाे 'थ्रोट स्वाब' परीक्षणका लागि काठमाडौं पठाइएको छ । परीक्षणको नतिजा भने नआइसकेको अस्पतालले जनाएको छ ।

चितवनमा आइसोलेसनमा रहेका एक बिरामीको मृत्यु, कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी

वीरगञ्जका ३० वर्षीय युवक केही समयदेखि मिर्गौला, छाला र फोक्सोमा समस्या हुने लुपुस नामक रोगबाट पीडित थिए । ज्वरो र निमोनिया देखिएपछि आइतबार उनलाई कोरोना अस्थायी अस्पतालमा ल्याइएको थियो ।


उनी हालसालै कतै विदेश नगएको उनको पारिवारिक स्रोतले बताएको छ । उनलाई वीरगञ्जबाट अस्पतालले रिफर गरी चितवन मेडिकल कलेज पठाएको थियो। कोरोनाको आशंका गरी मेडिकल कलेजले कोरोना अस्पताल पठाएको थियो ।

‘उनी पहिलेदेखि नै लुपुस नामक रोगले पीडित रहेछन् । यसपाली ज्वरो र निमोनिया पनि देखिएपछि यहाँ ल्याइएको थियो,’ कोरोना नियन्त्रण कार्यदलका सदश्यसचिव डा. भोजराज अधिकारीले भने । डा. अधिकारीले ती युवकको स्वाबको नमूना परीक्षणका लागि सोमबार नै काठमाडौं पठाइएको बताए ।

टेकु अस्पताल स्रोतले परीक्षणको नतिजा आउन केही समय लाग्ने बताएको छ । युवकको शवलाई अहिले अस्पतालमै सुरक्षित तरिकाले राखिएको छ ।

प्रकाशित : चैत्र ११, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?