कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नरैनापुरमा आइसोलेसन वार्ड नहुँदा कोरोना संक्रमित ५९ जना क्वारेन्टाइनमै

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेमा आइसोलेसन वार्डको अभाव भएपछि नरैनापुर गाउँपालिकाका ५९ जना कोरोना संक्रमित व्यक्तिहरुलाई क्वारेन्टाइनमै राखिएको छ । सोमबार एकैदिन उनीहरुमा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । कोरोना संक्रमित व्यक्तिहरुलाई आइसोलेसन वार्डमा नसारिँदा क्वारेन्टाइनमा रहेका अरु व्यक्तिमा पनि संक्रमण फैलिन सक्ने जोखिम बढेको छ ।

नरैनापुरमा आइसोलेसन वार्ड नहुँदा कोरोना संक्रमित ५९ जना क्वारेन्टाइनमै

नरैनापुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन वार्ड बनाउने निर्णय प्रदेश ५ सरकारले गरेको छ । तर जनशक्ति अभाव र आइसोलेसन वार्डका लागि आवश्यक पर्ने पूर्वाधार नभएका कारण समस्या भएको हो ।

स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य बिरामीहरुको उपचार हुने गरेको भन्दै संक्रमित व्यक्तिहरुलाई नेपालगन्ज राख्न आग्रह गरेका छन् । तर नेपालगन्जमै आइसोलेसन वार्ड नरहेको भन्दै स्थानीयस्तरमै राख्न भनिएको छ । खजुरास्थित प्रखर सुशील कोइराला क्यान्सर अस्पतालमा २६ श्य्याको आइसोलेसन वार्ड भरिएको छ । नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले प्राथमिक स्वास्थ्य केन्द्रमा बिजुली नभएको कारण आइसोलेसन वार्ड बनाउन समस्या भएको बताए ।

उक्त प्राथमिक स्वास्थ्य केन्द्र १५ श्य्याको अस्पताल हो । यसअघि शुक्रबार पुष्टि भएका ८ जनालाई दाङको बेलुझुण्डी अस्पतालमा लगिएको छ । नरैनापुर गाउँपालिकामा हालसम्म ६८ जनामा कोरोना पुष्टि भएको छ । नरैनापुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युकवको आइतबार बिहान मृत्यु भएको थियो । नरैनापुरमा अहिले १३ वटा क्वारेन्टाइन छन् । भारतका विभिन्न सहरबाट फर्किएका ७ सय १८ स्थानीयलाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७७ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?