कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वी र मध्य भागमा अंपुन चक्रवातको प्रभाव

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायु र अंपुन चक्रवातको प्रभावले देशको पूर्वी र मध्य भागमा पूर्ण बदली भइ वर्षा भइरहेको जनाएको छ ।

पूर्वी र मध्य भागमा अंपुन चक्रवातको प्रभाव

महशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अंपुन र स्थानीय वायुको प्रभाावले पूर्वी र मध्य भूभागमा वर्षाका साथै प्रदेश नम्बर ५ र गण्डकी प्रदेशको थोरै भू-भागमा वर्षा भइरहेको बताइन् ।

सुदूर पश्चिमतिरको भागमा सामान्य बदली रहेको उनले जानकारी दिइन् । यस्तै, चट्याङ र हावाहुरीका घटनाहरु पनि भइरहेको उनले बताइन् ।

विभागले बुधबार दिउँसो देशको पूर्वी भू-भागहरुमा पूर्ण बदली तथा मध्य भू-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहने प्रक्षेपण गरेको छ । पूर्वी भू-भागका धेरै स्थानहरु, मध्य भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार देशको मध्य तथा पूर्वी भू-भागहरुमा पूर्ण बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस्ः

नेपालमा पनि अंपुन चक्रवातको असर

प्रकाशित : जेष्ठ ७, २०७७ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?