कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइसोलेसनबाट भागेका संक्रमित भेटिए

जनकपुर — जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलोसन कक्षबाट शनिबार राति भागेका सर्लाही धनकौलका कोरोना भाइरस संक्रमित सोमबार अपरान्ह पक्राउ परेका छन् । 

आइसोलेसनबाट भागेका संक्रमित भेटिए

उनलाई सर्लाहीको धनकौलस्थित उनको घरबाटै पक्राउ गरेर पुन: आइसोलोसन कक्षमा लगिएको धनुषा प्रहरी प्रमुख एसपी रमेश बस्नेतले जानकारी दिए । उनका अनुसार आइसोलोसनबाट फरार भएका ती संक्रमित हिँडेरै सोमबार सर्लाही पुगेका थिए । प्रहरीले उनलाई घरमै कुरेर बसेको थियो । संक्रमित ती युवा शनिबार आइसोलोसन वार्डको ढोका फोडेर फरार भएका थिए ।

सर्लाहीका एसपी विश्वमणि पोखरेलले महोत्तरीबाट सर्लाहीतर्फ आइरहेका उनलाई पक्राउ गरेर धनुषा नै पठाइएको जानकारी दिए । ती संक्रमित यसअघि पनि स्वाब परीक्षणको बेला सोही आइसोलेसन कक्षबाट फरार भएर घर पुगेका थिए ।

प्रकाशित : जेष्ठ १२, २०७७ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?