कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीतिक दल र समाजका अगुवाले जातीय भेदभाव हटाउन सकेनन् : साझा पार्टी 

काठमाडौँ — संविधानले जातीय छुवाछुत र भेदभाव अन्त्य गर्दै त्यस्ता कार्यलाई गैरकानुनी अपराधका रूपमा व्याख्या गरे पनि राजनीतिक दल र सामाजिक अगुवाले जातीय भेदभाव अन्त्य गर्न नसकेको रुकुम पश्चिममा भएको घटनाले देखाएको साझा पार्टीले जनाएको छ । 

राजनीतिक दल र समाजका अगुवाले जातीय भेदभाव हटाउन सकेनन् : साझा पार्टी 

रुकुम पश्चिममा जेठ १० गते मल्ल थरकी युवतीसँग विवाह गर्न गएका दलित समुदायका युवा नवराज विक गएका थिए । उनीसँगै अन्य दुईजनालाई केटी पक्षकाले आक्रमण गरेर मारेको र तीन जना अझै बेपत्ता छन् । उक्त घटनालाई लिएर विज्ञप्ति जारी गर्दै साझा पार्टीले राजनीतिक दलका प्रतिनिधि नै यस्ता घटनामा संलग्न हुनु आपत्तिजनक भएको बताएको छ ।

'रुकुम पश्चिममा आफ्नो प्रेमिकासँग बिहे गर्न गएका भनिएका एकजना दलित युवा नवराज विश्वकर्मा र उनका दुईजना साथीहरूको हत्या भएको घटना मानवताविरुद्धको बर्बर र नृशंस अपराध हो,' साझा पार्टीको विज्ञप्तिमा भनिएको छ, 'सत्तारूढ दलको वडा अध्यक्षसमेत आक्रमणमा संलग्न भएको समाचार झनै चिन्ताजनक छ ।'

साझा पार्टीले राजनीतिक दलका नेताहरूको समाज परिवर्तनको भूमिकामा प्रश्न उठाएको छ । उसले लेखेको छ, 'पछिल्लो यो लगायत मुलुकका अन्य क्षेत्रमा पनि बारम्बार भइरहने दलितविरुद्धको भेदभावले नेपालको संविधानले न्यायपूर्ण, भेदभावरहित र समावेशी समाजको परिकल्पना गरे पनि गाउँ-गाउँसम्म आफ्नो प्रभुत्व र प्रभाव रहेका राजनीतिक दलहरू र समाजका अगुवाहरूले जातीय भेदभावको मध्ययुगीन पाशविक कृत्यलाई हटाउन नसकेको स्पष्ट संकेत गर्दछ ।'

जातीय विभेद तथा छुवाछुत अन्त्य गर्नको लागि संवैधानिक र कानुनी व्यवस्थाले मात्रै नपुग्ने भएकाले त्यसको प्रभावकारी, व्यवहारिक कार्यान्वयनका लागि उपयुक्त संयन्त्रको निर्माण गर्न साझाले माग गरेको छ । दोषीलाई कडा कारबाहीको व्यवस्था गर्नुका साथै जनचेतनाका कार्यक्रम ल्याउन पनि उसले आग्रह गरेको छ ।

घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समिति राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने साझा पार्टीको माग छ ।

प्रकाशित : जेष्ठ १३, २०७७ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?