कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौँ — कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक कांग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक स्थगित

२०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको आज निधन भएको थियो । मुटुसम्बन्धी पीडित छन्त्यालको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा बुधबा रबिहान निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले बताए ।

यस्तै राष्ट्रि यसभा बैठक पनि छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बुधबार १ बजेका लागि बोलाइएको बैठकले शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले बताए ।

सम्बन्धित समाचार

प्रकाशित : असार १७, २०७७ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?