कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमितको संख्या १४ हजार नाघ्‍यो

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

कोरोना संक्रमितको संख्या १४ हजार नाघ्‍यो

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्‍वर गौतमले बुधबार थप ४ सय ८२ जनामा कोरोना संक्रमण देखिएको जनाए । उनले नयाँ ४ सय ८२ सहित संक्रमितको संख्या १४ हजार ४६ पुगेको बताए ।

२४ घन्टामा संक्रमित हुनेमा झापाका २१, सिरहाका २, सनुसरीका १, इलामका २, मोरङका ३, ताप्लेजुङका १, धनुषाका २१, महोत्तरीका ३६, पर्साका १, अछामका ६०, बझाङका १८, बाजुराका ७, गोरखाका २, कैलालीका २७, कञ्चनपुरका १०, पर्वतका १, काठमाडौंका १०, गोरखाका १, चितवनका १२, नवलपरासी पूर्वका ११ र बाराका १ जना रहेका छन् ।

त्यसैगरी भक्तपुरका २, ललितपुरका ५, डोटीका ७, अछामका ६६, बाजुराका १८, डोटीका ११, बागलुङका ३, स्याङ्जाका ९, तनहुँका १, कास्कीका ३, लमजुङका १०, अर्घाखाँचीका १, गुल्मीका ८, नवलपरासीका १, पाल्पाका २, बाँकेका ११, बर्दियाका ११, दैलेखका २, कालिकोटका २, सल्यानका १५, सुर्खेतका २२, दाङका २, बाजुराका १८, जुम्लाका १ र बतैडीका १ जनामा संक्रमण देखिएको छ ।

बुधबार थपिएका संक्रमितहरुमध्ये ११७ जना महिला र ३६५ जना पुरुष छन् । हालसम्म निको हुनेको ४ हजार ६ सय ५६ रहेको छ ।

मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट ३ लाख ६२० नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म २ लाख ३२ हजार २२७ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा जम्मा ४ हजार ८८६ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४८ हजार ३६२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ९ हजार ३६० जना रहेको छ ।

नयाँ संक्रमितको प्रदेशगत विवरण

प्रदेश १ - २८

प्रदेश २ - ६२

वाग्मती - ३०

गण्डकी - ४१

प्रदेश ५ - ३६

कर्णाली - ४२

सुदूरपश्चिम - २४३

प्रकाशित : असार १७, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?