कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा थप एक व्यक्तिको मृत्युको पुष्टि गरेको हो । 

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु

मृत्यु हुनेमा अछामका रामरोसन गाउँपालिकाका वडा नं ५ का ४५ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । उनको असार १४ गते बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी मधुमहेका बिरामी थिए ।

मृत्यु भएको भोलिपल्ट उनको स्वाब संकलन गरिएको थियो । उनमा असार १६ गते कोरोना पोजिटिभ आएको थियो । उनीसँग सम्पर्कमा आएका दुई कुरुवाहरुको भने कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

प्रकाशित : असार १७, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?