कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

मातृका दाहाल

काठमाडौँ — नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ । बुधबार सैनिक अदालतले सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो । 

सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै अधिकृतलाई सैनिक आचरण विपरीत गतिविधि गरेको कसुरमा बर्खास्त गरिएको पुष्टि गरे ।

बर्खास्त भएका सहायक रथी रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किएका हुन् । महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए ।

'दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको,नीति निर्देशन अवज्ञा गरेको,अहोदामा नबसेको र सैनिक अनुशासन उल्लंघन गरेको कसुरमा जनरल सैनिक समरी अदालतले दोषि ठहर गरेको छ,' सहायक रथी पाण्डेले भने ।


प्रकाशित : असार १७, २०७७ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?