कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिवि शिक्षण अस्पतालमा म्याग्दीका ४५ दिने शिशुको कोरोनाबाट मृत्यु

काठमाडौँ — नेपालमा कोरना भाइरस संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ । काठमाडाैंकाे त्रिवि शिक्षण अस्पतालमा उपचाररत म्याग्दीका ४५ दिने शिशुको बुधबार मृत्यु स्वास्थ तथा जनस‌ंख्या मन्त्रालयले औपचारिक पुष्टि गरेकाे छ । बिहीबार मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा म्याग्दीका ४५ दिने शिशुको कोरोनाबाट मृत्यु

म्याग्दीको बेनीनगरपालिका–४ घर भएका ती शिशु पोखराको एक अस्पतालमा जन्मेका थिए । जन्मेको केही दिनमा दूध खान नसक्ने लगायतका समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल काठमाडौं रिफर गरेको थियो ।

पछिल्लो एक महिनादेखि शिशुको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार भइरहेकोमा बुधबार उनको घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेपछि शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालका कोभिड–१९ संयोजक सन्तकुमार दासले उनको शल्यक्रिया अघि गरिएको स्वाब परीक्षणमा शिशुमा कोरोना संक्रमण देखिएको बताएका छन् ।

याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३१ पुगेको छ ।

प्रकाशित : असार १८, २०७७ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?