कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली-दाहाल वार्ता सकियो, बुधबार स्थायी कमिटी बैठक बस्ने

काठमाडौँ — पार्टीभित्रको विवाद मिलाउन लगातार छलफलमा जुटेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको मंगलबारको वार्ता सकिएको छ । दुई अध्यक्षबीच मंगलबार बालुवाटारमा २ घण्टाभन्दा बढी वान टु वान वार्ता भए पनि ठोस सहमति भने अझै हुन नसकेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

ओली-दाहाल वार्ता सकियो, बुधबार स्थायी कमिटी बैठक बस्ने

सापकोटाका अनुसार लगातार स्थगित हुँदै आएको स्थायी कमिटी बैठक दुई अध्यक्षबीचको छलफलपछि बुधबार बस्ने भएको छ । बैठक बस्नुअघि फेरि दुई अध्यक्षबीच पनि छलफल हुने भएको छ ।

सहमतिका लागि भन्दै ओली र दाहालबीच सोमबार पनि डेढ घण्टा वान टु वान वार्ता भएको थियो । आइतबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो ।

असार १० गतेदेखि बसेको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि पार्टी फुटको संघारमा पुगेको भन्दै बैठक रोकेर दुई अध्यक्ष वान टु वान वार्तामा बसेका हुन् ।

सम्बन्धित समाचार

प्रकाशित : असार २३, २०७७ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?