कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौँ — नेकपाको स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ । बुधबारका लागि तय भएको बैठक असार २६ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

यसअघि सोमबारका लागि तय भएको बैठक बुधबारका लागि सारिएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को अधिवेशन अन्त्य गरेसँगै असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो । १७ गते करिब एक घण्टा बसेर स्थगित भएको नेकपा स्थायी कमिटी बैठक त्यसयता पटक-पटक स्थगित गरिएको छ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सहमतिका लागि भन्दै पटक-पटक छलफल भए पनि निष्कर्षमा पुगेको छैन । स्थायी कमिटी बैठकअघि सहमतिको अधिकतम प्रयास खोज्ने भन्दै बैठक स्थगित गरिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याएपछि विवाद झनै बढेको छ । दाहाल–नेपाल समूह ओलीले एउटा पद छाड्नु पर्ने अडानमा छन् ।

सम्बन्धित समाचार

प्रकाशित : असार २४, २०७७ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?