कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्टी विग्रह रोक्न भन्दै वामदेवले बुझाए दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ६ बुँदे प्रस्ताव बुझाएका छन् ।

पार्टी विग्रह रोक्न भन्दै वामदेवले बुझाए दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

गौतमले एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकाल भरि ओली नै प्रधानमन्त्री रहने गरी सहमतिको प्रस्ताव गरेका हुन् ।

अर्का अध्यक्ष दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव उनले गरेका छन् । यस्तै पार्टी महाधिवेशन सहमतिमा आयोजना गर्ने पनि उनको प्रस्तावमा छ ।

यस्ता छन् वामदेव गाैतमका ६ प्रस्ताव :

  • केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाकाे यस कार्यकालकाे बाँकी अवधिभर प्रधानमन्त्रीकाे जिम्मेवारीमा रहने ।
  • पुष्पकमल दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने ।
  • पार्टीकाे एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने ।
  • प्रधानमन्त्रीका दैनन्दिनतका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने । तर सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीकाे सचिवालयमा परामर्श गर्ने । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुकाे पदाेन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने ।
  • पार्टी केन्द्रीय सचिवालकाे सुझाव र परामर्शमा मन्त्रीपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने । संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालकाे परामर्श लिने ।
  • अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजना गर्ने ।

प्रकाशित : श्रावण १३, २०७७ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?