कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घन्टामा उपत्यकामा मात्रै ५३ संक्रमित थपिए

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा उपत्यकामा मात्रै ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्म्लनमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरी उपत्यकामा ५३ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । 

२४ घन्टामा उपत्यकामा मात्रै ५३ संक्रमित थपिए

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ११, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ९, शिक्षण अस्पतालमा १, प्रहरी अस्पताल प्रयोगशालामा २१ र स्टार अस्पतालमा ६ गरी ४८ जना संक्रमित काठमाडौंमा थपिएका हुन् ।

पछिल्लो २४ घन्टामा मुलुकभर ३ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १९ हजार ६३ पुगेको छ । यस्तै, ५ हजार १ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : श्रावण १३, २०७७ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?